हरिवंश आचार्यको नयाँ गीत ‘ए कालु भेना’ले कोदोको रोटी खानु परे पनि आफ्नै देश ठीक भन्ने सन्देश दिन खोजेको छ ।
‘कोदोको रोटीसँग एक चम्चा घ्यू अनुहार डढे पनि बलियो छ ज्यु ’ जस्ता मौलिक शब्दहरुले भरिएको गीतको अन्त्यमा नेपालीलाई काम खोज्न उड्न नपरोस् , देश सम्झी कसैलाईनी रुन नपरोस् भन्ने सब्द निकै नै मार्मिक भएको भिडियोले सावित गरेको छ । गीत रिलिज भएको १२ दिनमै ९ लाख पटक भन्दा धेरै हेरिएको छ ।
गाउँले परिवेशमा रचिएको गीतले वैदेशिक रोजगारीको तृष्णा पालेका र आफ्नै गाउँघरका स्रोतसाधन बिर्सेर पराइभूमिमा पसिना बगाउन जानेहरुलाई सचेत गराउन खोजेको छ । गीतमा हरिवंश आचार्यको शब्द र मिलन नेवार र हरिवंश आचार्यकै स्वर रहेको छ । हरिवंश आचार्य, नाजिर हुसेन, आँचल शर्मा र आर्यन खरेलले अभिनय गरेको यो गीतको भिडिओ गम्भीर बिष्टले निर्देशन गरेका हुन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 166