Aamsanchar

जुवा खेलिरेहका ​६ जना पक्राउ

Author Image
शुक्रवार, भदौ २५, २०७८

मकवानपुर – हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ मा तीज पर्वको अवसरमा भन्दै जुवा खेलिरेहका ​६ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय दिपक श्रेष्ठको घरमा जुवा खेलिरहेको समयमा प्रहरीले नगद एक लाख ३२ हजार ३ सय ९० रुपैयाँ सहित ६ जनालाई पक्राउ गरेको हो ।

प्राप्त सूचनाको आधारमा शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले श्रेष्ठको घरमा पैसाको हारजित हुनेगरी जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । प्रहरीले कौडा १५ वटा र तास ६ बुकसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुर थाहा नगरपालिका वडा नम्बर–६ बस्ने डेनी भट्ट, हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ का वर्ष ६० का ईवनाथ दंगाल, हेटौंडा–१५ का वर्ष ३५ का आलोक स्याङतान, वर्ष ६७ का रामसरण थापा, मनहरी गाउँपालिका–६ बस्ने वर्ष ४४ को वासु उप्रेती र भरतपुर महाँनगरपालिका वडा नंम्बर–१० बस्ने वर्ष ३८ को चुडामणि सेढाई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 462

प्रतिक्रिया (०)

सम्बन्धित खबर