Aamsanchar

झापामा कोरोना संक्रमित एक पुरुष घरमै मृत फेला

Author Image
आइतवार, भदौ २७, २०७८

झापा – शिवसताक्षी नगरपालिका–९ का एक कोरोना संक्रमित पुरुष मृत फेला परेका छन्। आइतबार बिहान साढे ४ बजे ६३ वर्षीय गोविन्द खनालले आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।

गोविन्दलाई घरको निदाल कपडाको डोरी बनाएर झुण्डिएको अवस्थामा परिवारले देखेपछि प्रहरीलाई खबर गरेका थिए। गत शुक्रबार उनलाई संक्रमण पुष्टि भएको थियो। संक्रमणपछि उनी होम आइसोलेशनमा उपचार गरिरहेको शिवसताक्षी कोभिड फोकल पर्सन रोसन अधिकारीले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 252

प्रतिक्रिया (०)

सम्बन्धित खबर