Aamsanchar

अरुको काधमा चढने र माईकले हान्छु भन्ने सांसदलाई मर्यादामा रहन एमाले अध्यक्ष ओलीद्वारा निर्देशन

Author Image
आइतवार, भदौ २७, २०७८

फायल फोटो : गुगलबाट

काठमाण्डौ । निकै आक्रमक र उघ्र रुपमा संसद अपरोधमा उत्रेका एमाले सांसदहरुलाई मर्यादा भन्दा बाहिर नजान पार्टी अध्यक्ष केपी शर्मा ओली निर्देशन दिएका छन् ।
अध्यक्ष ओलीले नेकपा एमालेले सभामुख अग्नि सापकोटाको जबरजस्तीका कारण संसद् अवरोध गर्नु परेको पनि स्पष्ट पारेका छन् ।

आइतवार बिहान बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले एमाले फुटाउन भूमिका खेलेको र दल हेरेर फरक व्यवहार गरेकाले विरोध गर्नुभएको बताए ।

सभामुखले संसदका एजेन्डा प्रतिपक्षीलाई थाहै नदिएको भन्दै अध्यक्ष ओलीले देशलाई मतभेद र कलहतिर लैजाने प्रयास भइरहेको बताउनुभयो । उहाँले सरकार र सभामुखको स्वेच्छातारीताको सशक्त विरोध गर्न सांसदहरूलाई निर्देशन दिँदै मर्यादामा बस्न पनि सचेत गराएका छन् ।

दुई दिनका बैठक अवरोध भइसकेको र अझै अवरोध गर्नुपर्ने ओलीको भनाइ छ । उनलेले संसदमा मर्यादित बन्न पनि निर्देशन दिएका छन् ।

फायल फोटो : गुगलबाट

अध्यक्ष ओलीले भनेकाछन् माननीयज्यूहरूलाई आग्रह गर्छु, हामीले तोकिएका मात्रै नारा लगाउनेछौँ, तोकिएका व्यवहार मात्रै गर्छौँ, बेलबाट मात्रै नारा लगाउँछौँ, नारा चर्को र सामान्य भन्ने कुरा अवस्थाले निर्धारण गर्छ । नारा लगाउने र बेलमा जाने भन्दा बाहिरको मर्यादामा जान हुन्न । कतिपय साथीहरूले सभामुखलाई माइक हान्ने योजना थियो भन्नुभएछ, त्यस्तो गर्नुहुँदैन, नभएको कुरा मिडियामा बोल्न पनि हुँदैन । सबैले जिम्मेवारीपूर्वक बोल्नुपर्छ । काँध चढेर माथि जाने र माइक हान्ने व्यवहार देखाउनै हुन्न ।’

 

Views: 168

प्रतिक्रिया (०)