Aamsanchar

तुलसीपुर डुरुवा स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण

Author Image
बुधवार, भदौ ३०, २०७८

तुलसीपुर। तुलसीपुर उपमहानगरपालिकाले, १५ नम्बर वडामा रहेको डुरुवा स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।  आज एक कार्यक्रमको  बीच नगर प्रमुख घनश्याम पाण्डेले वडा अध्यक्ष लक्ष्मण चौधरीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा बोल्दै नगर प्रमुख पाण्डेले बालबालिका, जेष्ठ नागरिक र सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा दिन निर्देशन समेत दिनुभएको थियो ।

यस अघि तुलसीपुर उपमहानगरपालिकाले विभिन्न वडाहरुलाई एम्बुलेन्स हस्तान्तरण गरिसकेको छ ।

Views: 385

प्रतिक्रिया (०)

सम्बन्धित खबर