Aamsanchar

प्रदेश १ का मुख्यमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार

Author Image
बुधवार, भदौ ३०, २०७८

विराटनगर :  प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन्। नवनियुक्त मन्त्रीहरूले शपगग्रहणसमेत गरिसकेका छन्। शपथग्रहण गर्ने नवनियुक्त मन्त्री तथा राज्‍यमन्त्रीहरूमा संखुवासभाका तुलसीप्रसाद न्यौपाने आर्थिक मामिला तथा योजनामन्त्री र झापाका हिराकुमार थापा भूमि व्यवस्था तथा योजनामन्त्री छन्।

त्यस्तै, सोलुखुम्बुका उत्तमकुमार बस्नेत उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री,  मोरङका ज्ञानेश्वर राजवंशी भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री  र लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन  राज्यमन्त्रीमा शपथ लिएका छन्।

Views: 120

प्रतिक्रिया (०)