Aamsanchar

धारिलो हतियारले घाँटी रेटेर मालिका माविका शिक्षकको हत्या

Author Image
बुधवार, भदौ ३०, २०७८

दैलेख – दैलेखमा एक जना शिक्षकको हत्या भएको छ । गुराँस गाउँपालिका वडा नम्बर ८ मालिका मावि लालीकाँडाका शिक्षक नगेन्द्रबहादुर बीसीको धारिलो हतियारले घाँटी रेटी हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । विद्यालय नजिकै घर भएका शिक्षक बीसीको शव विद्यालय भवनको बरन्डामा भेटिएको हो । दुई छोरा अध्ययनका लागि कोहलपुरमा रहेका र श्रीमती काम विशेषले सदरमुकाम गएकाले हत्या भएको दिन बीसी घरमा एक्लै रहेका पनि प्रहरीले जनाएको छ ।

घटनास्थलमा भेटिएको चप्पलको आधारमा स्थानीय मुना खड्कालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 453

प्रतिक्रिया (०)

सम्बन्धित खबर