Aamsanchar

मकवानपुर: भ्यागुता खोज्न गएका २ युवकको लडेर मृत्यु,हात्ती लखेट्दा १को ज्यान गयो

Author Image
बिहिवार, भदौ ३१, २०७८

मकवानपुर – मकवानपुरमा दुई वटा घटनामा तीन जनाको ज्यान गएको छ । मकवानपुरको जङ्गलमा पाहा (भ्यागुता प्रजातिको जीव) खोज्न गएका दुई युवकको लडेर ज्यान गएको हो । 

भीमफेदी गाउँपालिका ५ माथिल्लो ज्यामिरेका नवीन र राजन दोङको मङ्गलवार राति लडेर ज्यान गएको हो । पर्याप्त पाहा पाउने धुन्धुरे खोलाको उचाइबाट चिप्लिएर लड्दा दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) जयश्वर रिमालले बताउनुभयो । 

दीर्घ रोगबाट मुक्त हुन पाहाको मासु खाने चलन मकवानपुरका पहाडी बस्तीमा छ । कैलाश, भीमफेदी, इन्द्रसरोवर, राक्सिराङ लगायत गाउँपालिकामा पाहाको सिकार हुने गरेको छ । रातमा मात्रै आहाराका लागि खोँचबाट निस्कने पाहाको सिकारका लागि मानिसहरू जङ्गल जाने गरेका छन् । 

यसैगरी जङ्गली हात्ती लखेट्न गएका मकवानपुरका एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा मनहरी–६ का ३४ वर्षीय रामलाल तामाङ रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।   मङ्गलवार राति खेतमा जङ्गली हात्ती आएर बाली खान थालेपछि हात्ती लखेट्न गएका रामलाल जङ्गली जनावरबाट बालीनाली जोगाउन स्थानीयवासीले लगाएको तारमा करेन्ट लागेर घाइते हुनुभएको थियो । घाइते रामलालको चितवनको भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा मङ्गलवार राति ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 240

प्रतिक्रिया (०)

सम्बन्धित खबर