काठमाण्डौ- चीनको लुसियानमा भूकम्प जाँदा तीन जनाको ज्यान गएको छ भने ६० जना घाइते भएका छन् । सिचुवान प्रान्तको लुझउ सहरमा ६ रेक्टर स्केलको भूकम्प गएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । ६० जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । घाइते सबैको उपचार भइरहेको छ ।
भूकम्पमा फसेकाहरुको उद्धारका लागि ३ हजार जना उद्धारकर्ता खटिएका छन्। भूकम्पपछि त्यहाँ आपत्कालीन उद्धार जारी छ। यस्तै, भूकम्पका कारण केही घर र भौतिक संरचनामा पनि नोक्सानी पुगेको छ भने लुझउ सहरमा रेल-वे सेवा समेत बन्द गरिएको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 349