Aamsanchar

रामचोक चौरातोमा प्रहरीको ताला

Author Image
शुक्रवार, असोज १, २०७८

बिर्तामोड । झापाको बिर्तामोड–२ स्थित रामचोकमा रहेको एउटा चौतारोमा प्रहरीले दुईबर्ष देखि ताला लगाएर बन्द गरेको छ ।

रामचोकको पहिचानको रुपमा रहेको पुरानो चौतारोलाई २०७६ साल भदौं ११ गते प्रहरी विट प्रयोगका लागि चारपाने–अर्जुनधारा समाजको अगुवाईमा प्रहरीलाई चौतारो जिम्मा लगाइएको थियो ।
समाजमा विकृति विसंगती हुने सम्भावनालाई रोक्न भन्दै चौतारो मासेर प्रहरी अस्थाई विट बनाईएको थियो । स्थानिय समाजसेवी, प्रहरीहरुको सहभागितामा रिवन काटेर औपचारिक रुपमा प्रहरी विट उद्घाटन गरिएको थियो । प्रहरी विट उद्घाटन भए पछि स्थानियहरु खुशी भएका थिए ।

अत्याधिक जनघनत्तो, दुईवटा ठुला विद्यालय, उद्योगहरु रहेकोे रामचोक सधै भिडभाड रहने गरेको छ । दुर्घटना र अवान्छनिय गतिविधी कम हुने आशा राखेका थियौं तर प्रहरीले हाम्रो आशा र अपेक्षा पुरा गरिदिएन भन्दै स्थानिय युवा समाजसेवी लक्ष्मी खनालले दुखेसो पोखेका छन् । खनाल भन्छन् ‘उद्घाटन भएको केही महिना प्रहरी बसे त्यसपछी प्रहरी आउनै छोडे, अब कि प्रहरी आउनु पर्यो, प्रहरी नआउने हो भने सर्वसाधरणको लागि चौतारो खुल्ला गर्नु पर्यो’ ।

आजभन्दा ३८ बर्ष अघी सवारी साधनको आवगमन अत्यन्तै कमी र धेरै सर्वसाधारण सवारी साधन प्रयोगको पहुँचमा नपुगिसकेकोे अवस्थामा लामोदुरीसम्म पनि बटुवाहरु हिडने गर्थे । २०४० सालमा सामाजिक सेवाभावले त्यतीखेर ईटा व्यवसायी संघले निर्माण गरेको चौतारोमा हजारौं बटुवाको विश्राम स्थल बन्दै आएको थियो । यतीखेर भने यस चौतारो प्रयोग विहिन अवस्थामा छ । पहिलेकै चौतारो सम्झेर पैदल यात्रीहरु, सितल र ओत खोज्दै आउनेहरु प्रहरी विट लेखेको अक्षर र वोर्ड देख्दा खस्रक्क पर्ने गरेका छन् ।

प्रहरी विट बन्ने भएपछि स्थानियहरुले चौतारो घेराबारामा सहयोग गरे गृल, ढोका, टेवल कुर्सी लगायतका सामाग्री तयार पारेर प्रहरीलाई जिम्मा लगाईएको थियो । तर प्रहरीले विट प्रयोग नगर्दा यतीवेला वेहाल अवस्थामा रहेको छ विट (चौतारो) ।

चारपाने–अर्जुनधारा समाजका अध्यक्ष हरिप्रसाद भण्डारीको अध्यक्षता र बिर्तामोड–२ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौला प्रमुख अतिथि बनेर रिवन काटेर उद्घाटन गरेको प्रहरी विट तत्कालित अनारमनी इलाका प्रहरी कार्यालय प्रमुख डिएसपी मोहन थापालाई उक्त चौतारो विटको रुपमा प्रयोग गर्न स्थानियले जिम्मा लगाएका थिए । डिएसपी थापा रहुँनजेल दुईजना प्रहरीहरु आएर बस्ने गरेका थिए । थापाको सरुवा भएपछि प्रहरीहरु आउन छाडेको स्थानिय पंकज सिग्देलले बताए ।

उता इलाका प्रहरी कार्यलय अनारमनीका प्रमुख डिएसपी सन्तोष आचार्यलाई विटमा प्रहरी किन बस्न छाड्को भनेर आमसंचारले गरेको प्रश्नमा प्रहरीको जनशक्ती कम्ती भएकोले प्रहरी पठाउन नसकिएको डिएसपी आचार्यले जवाफ दिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 619

प्रतिक्रिया (०)