Aamsanchar

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय स्थापना, मासिक भाडा तीन लाख २५ हजार

Author Image
शुक्रवार, असोज १, २०७८

 

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय नयाँ बानेश्वरस्थित आलोकनगरमा स्थापना गरिएको छ ।पूजा थापा बस्नेतको घरमा स्थापना गरिएको कार्यालयको अध्यक्ष माधवकुमार नेपालले शुक्रबार बिहान उद्घाटन गरे । १० कोठा रहेको उक्त भवनको मासिक भाडा तीन लाख २५ हजार रुपैयाँ रहेको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

कानुनी रूपमा सम्पत्तिमा दाबी गर्न पाउने भन्ने उल्लेख नरहेकाले नेकपा (एमाले)को सम्पत्तिमा दाबी नगर्ने उनले बताए ।

Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर