Aamsanchar

सधै खुसी रहने आधारभूत छ सुत्रहरु

Author Image
शनिवार, असोज २, २०७८

प्रतिकात्मक तस्वीर गुगलबाट ।

भगवान् बुद्धले भनेका थिए, ‘मानिस हरक्षण दुःखी छ किनकि आफूसँग भएको नदेख्ने र नभएको चाहना गर्ने मानिसको स्वभावका कारण उसको खुसी टिकाउ हुँदैन।’

को मानिस खुसी रहन चाहँदैन र रु त्यसैले त खुसी रहन अनेक उपाय अवलम्बन गर्छ र क्षणिक रूपमा खुसी भएको महसुस पनि गर्छ तर फेरि ऊ दुःखी र अभावले आफूलाई घेरिरहेको अनुभूति गर्न थाल्छ। कारण त्यही हो कि भएकोमै ऊ सन्तुष्ट हुन बिर्सन्छ र अरू चाहना मृगतृष्णास्वरूप बढ्न थाल्छन् जुन पूरा हुन पनि सक्छन् र नहुन पनि।

भन्छन् नि “जति हास्यो उति बाच्यो ।” त्यसैले खुसी हुन जरूरी छ । खुसी मानिस निकै ऊर्जाशील हुन्छन् र जिन्दगीमा धेरै सफलतासमेत हात पार्छन्। निस्सन्देह हामी सबै खुसी हुन चाहन्छौँ।

मुस्कान : मुस्कानले मानिसलाई खुसी बनाउँछ। सधैं सकारात्मक चिन्तनका साथ अघि बढ्न प्रेरित पनि गर्छ। मिचिगन विश्वविद्यालयको अध्ययन अनुसार मुस्कानले मानिसलाई ऊर्जाशील बनाउँछ। बौद्धिक काम गर्ने क्षमता बढाउनका लागि समेत मुस्कुराउन जरुरी छ। मुस्कानले केही मात्रामा पीडा पनि कम गर्छ।

व्यायाम : व्यायाम तनाव कम गर्ने उत्तम उपाय हो। व्यस्त मानिसहरुलाई धेरै व्यायाम गर्ने फुर्सद कहाँरु जम्मा ७ मिनेट समय व्यायामलाई छुट्याएमा तनावलाई भगाएर खुसी रहन सकिन्छ। यसको परीक्षणका लागि वितृष्णाका रोगीलाई दुई तरिकाले उपचार गराइयो। एउटालाई औषधि दिएर, अर्कोलाई व्यायाम गराएर र एकलाई दुवै विधिले।

मस्त सुताइ : मस्त निदाउने मानिस बढी खुसी हुने गरेको देखिएको छ। मस्त सुत्दा शरीरलाई आराम हुनुका साथै शरीर फुर्तिलो हुने विज्ञ अस्ले मेरिम्यान बताउँछन्। कम सुत्ने मानिसमा नकारात्मक भावना बढी हुने अनुसन्धानले देखाएको छ ।

परिवार र साथीसँग रमाउने : घरपरिवार र साथीभाइसँग समय बढी बिताउने मानिस धेरै खुसी हुने गरेका छन् । साथीभाइसँग समय बढी बिताउँदा सामाजिक सम्बन्ध बलियो बन्छ। आपतविपतमा सहजै सहयोग पाइन्छ र दुस्खी हुनुपर्ने अवस्था आउँदैन।

यात्रा : अमेरिकन मेट्रोलोजिस्ट एशोसिएसनले प्रदूषित वातावरणका कारण बढ्दै गएको तापमानले पनि मानिसमा बढी वितृष्णा हुने गरेको बताएको छ। स्वच्छ हावामा घुम्दा सकरात्मक ऊर्जा प्राप्त हुन्छ।

अरुलाई सहयोग : अरुलाई सहयोग गर्दा पनि खुसी प्राप्त हुन्छ। सहयोग गर्दा खुसी प्राप्त हुने वा नहुने पत्ता लगाउनका लागि १ सय ५० मानिसमा अध्ययन गरिएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 262

प्रतिक्रिया (०)

सम्बन्धित खबर