Aamsanchar

बिर्तामोडका व्यवसायीहरुलाई लगाईयो कोरोना विरुद्धको खोप, अझै धेरैले लाउन बाँकी

Author Image
शनिवार, असोज २, २०७८

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको पहलमा शनिबार बिर्तामोडका ७ सय ३६ जना व्यवसायीहरुलाई कोरोना विरुद्धको खोप लगाईएको छ । संघमा आवद्ध व्यवसायीलाई लक्षित गरेर आयोजना गरिएको खोपकार्यक्रममा भेरोसिल खोपको पहिलो मात्र लगाइएको हो ।

दशैके मुखमा बजार भिडिभाड हुन थालेपछि व्यवसायीहरु कोरोना जोखिममा पर्ने सम्भावनालाई न्युनिकरण गर्न संघले आफ्नै कार्यालय परिसरमा रहेको अतिथि सदनको हलमा खोप कार्यक्रम संचालन गरेर व्यवसायीलाई खोप उपलब्ध गराएको वाणिज्य संघ बिर्तामोडका प्रवक्ता संजीव घिमिरेले बताए ।

नयाँ दर्ता र नविकरण भएका  १९५० जना व्यवसायहरु मध्ये आज आधा भन्दा कमले खोप लगाएका छन् । समय अभावको कारणले उपस्थित भएकाहरुलाई खोप लगाउन नभ्याईएकाहरुलाई पुनः आईतबार खोप लगाउने कार्यक्रम तय गरिएको छ । संघमा आवद्ध धेरै सदस्यहरुले लक्षित उमेर समूहको आधारमा पालिकाहरुबाट लगाई सकेका छन् । खोप लगाउन नपाएका उमेर खुल्ला समूह र छुटेका व्यवसायीहरुलाई भोली पनि खोप लगाईने बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताए ।

खोप लगाउनका लागि आर्थिक वर्ष २०७७/०७८ र आर्थिक वर्ष २०७८/०७९ मा दर्ता वा नवीकरण भएका उद्योगी व्यवसायीलाई नेपाल सरकारले जारी गरेको परिचय पत्र र पानको फोटोकपी लिएर आउनु पर्ने छ । संघको रेकर्डमा दर्ता भएकालाई मात्र खोप लगाइने निर्णय भएको संघका महासचिव अर्जुन मैनालीले आमसंचारलाई बताए ।

कोरोनाको संक्रमणका कारण लामो समय व्यवसाय बन्द हुदाँ समस्यामा परेको भन्दै यसअघि वाणिज्यसंघले प्रमुख जिल्ला अधिकारी तथा स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाउदै व्यवसायीलाई तत्काल खोप लपलब्ध गराउन माग गरेको संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले जानकारी दिए । बाँकी रहेका व्यवसायी र कामदारलाई खोप उपलब्ध गराउने विषयमा पहल भइरहेको वाणिज्य संघले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 497

प्रतिक्रिया (०)

सम्बन्धित खबर