Aamsanchar

एमाले स्थायी कमिटी बैठक बस्दै

Author Image
आइतवार, असोज ३, २०७८

काठमाडौ – नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आज दिउँसो १:०० बजे स्थायी कमिटी बैठक बस्न लागेको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

बैठकमा विधान महाधिवेशन तयारी र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने उनले बताए। एमालेले असोज १५ गतेदेखि १७ गतेसम्म विधान महाधिवेशन गर्दैछ। विधान संशोधनसम्बन्धी प्रस्ताव, राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रतिवेदनलगायत प्रतिवेदन तयार पार्न छलफल भइरहेका छन्।

Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर