Aamsanchar

मकवानपुरमा ७ जना जुवाडे पक्राउ, २६ हजार नगद बरामत

Author Image
आइतवार, असोज ३, २०७८

मकवानपुर –मकवानपुरमा २६ हजार ९८५ नेपाली रुपैयाँ र १५०० भारतीय रुपैयाँ नगदसहित शनिबार दिउँसो ४स्३० बजे ७ जना जुवाडे पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कायालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका-१ चाईना क्वाटर बस्ने ३७ वर्षीय राकेश के।सीको घरबाट उनीहरुलाई रंगेहात नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका-१ का ३७ वर्षीय राकेश के।सी। (घर धनि), सोही उपमहानगरपालिका-१० बस्‍ने ४२ वर्षीय श्रेष्ठ, ३८ वर्षीय प्रदीप जंग पण्डित, ४० वर्षीय पदम बहादुर भण्डारी, धुनिवेशि नगरपालिका-९ घर भइ हाल हेटौडा उपमहानगरपालिका-१ बस्ने ३६ वर्षीय बाबु कृष्ण उप्रेति , ५५ वर्षीय एकबहादुर थापा र ३१ वर्षीय दिपेन्द्र कुमार मिश्र रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले ४ बुक तास, २६ हजार ९८५नेपाली रुपैयाँ र १५०० भारतीय रुपैयाँ नगद बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर