Aamsanchar

पूर्वाञ्चल क्यान्सर अस्पतालको निशुल्क पाठेघर मुखको क्यान्सर स्क्रिनिङ शिविरमा २०८७ जनाले लिए ओपिडी सेवा

Author Image
आइतवार, असोज ३, २०७८

बिर्तामोड । पूर्वाञ्चल क्यान्सर अस्पतालले समुदायको हितको लागि आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै आयोजना गरेको निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम अन्तरगत २ हजार ८७ जना महिलाले ओपिडी सेवा लिएका छन् ।

गत भदौ ६ गते देखि ३१ गते सम्म अस्पताल परिसरमा संचालन गरिएको महिलाहरुको पाठेघर मुखको क्यान्सर रोग परिक्षण स्क्रिनिङ शिविरमा उक्त संख्यामा महिलाहरुले सेवा लिएको अस्पतालका जनसम्पर्क प्रमुख प्रोमिश गिरीले जनकारी दिए ।

शिवरमा DEXA SCAN  ५५, PAP SMEAR ३२३, मेमोग्राम परिक्षण १४१, CA १२५ परिक्षण ५३७, COLPOSCOPY २९ जनाले थप सेवा लिएका थिए ।

दक्षिण एसियाकै अत्याधुनिक स्वास्थ्य उपकरणको साथमा विभिन्न किसिमका क्यान्सर रोगहरु सम्बन्धी विशेषज्ञ चिकित्सक तथा प्रविधिकहरुको समूहद्वारा क्यान्सर रोगको उपचार सेवा प्रदान गर्दै आएको पूर्वाञ्चल क्यान्सर अस्पतालले समूदायको हितमा गरेको स्वास्थ्य शिविरले क्यान्सर रोग सम्बन्धी जानकारी र सुरुवातीमै उपचार गरेर जन धनको सुरक्षा गर्ने काम गरेको भन्दै शिविरमा आएका सर्वसाधारणहरुले अस्पताल प्रशासनलाई धन्यवाद दिएका छन् ।

 

Views: 228

प्रतिक्रिया (०)

सम्बन्धित खबर