Aamsanchar

ब्राउन सुगर सहित झापामा एक जना पक्राउ

Author Image
सोमवार, असोज ४, २०७८


झापा- झापा मेचीनगर नगरपालिका ४ राईसिंग बाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा सोही स्थानका १८ बर्षीय दिल बहादुर मगर रहेका छन् । हिजो बेलुका ६ बजे प्रहरी चौकी बाहुनडागीबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर ९ ग्राम सहित पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ । पक्राउ परेका मगरलाई ईलाका प्रहरी कार्यालय काकडभिट्टाले थप अनुसन्धान गरिरहेको छ ।

Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर