Aamsanchar

‘पुरुषको तुलनामा महिलामा अल्जाइमर रोग अत्यधिक रुपमा बढ्ने गर्छ’

Author Image
मङ्गलवार, असोज ५, २०७८

विश्वमा अहिले मानिसमा अल्जाइमर रोग बढ्दै गएको अवस्था रहेको छ । स्मृति क्षय हुने रोगलाई अल्जाइमर भनिन्छ । अल्जाइमर रोग ‘एलोइस अल्जाइम’ नामक व्यक्तिको नामबाट सन् १९१०, जुलाई १५ मा राखिएको हो ।

अल्जाइमर रोग मस्तिष्कका विकृतिहरूको समूहगत रोग हो, जसले सोच, व्यक्तिको व्यवहार तथा व्यक्तित्वमा परिवर्तन गर्ने, बिर्सने, अरुलाई विश्वास गर्न नसक्ने, शङ्का गर्ने, हिँडडुल गर्न नसक्ने बनाउँछ ।

यो रोग मस्तिष्कका विकृतिहरू समूहगत रोग हो । जसले सोच, स्मृति, निर्णय क्षमता तथा व्यक्तित्वलाई दुष्प्रभावित गर्छ । यो रोग बिस्तारै बढ्दै जाने भएकाले पहिले यसको निदान हुँदैन । र सुरुको अवस्थामा अधिकांश बिरामीले उपचारको आवश्यकता महसुस गर्दैनन् ।

मानिसको आयु वृद्धिसँगै यो रोग धेरै व्यापक हुँदै गएको छ । सन् २०५० सम्ममा विश्वका १ प्रतिशत भन्दा वढी मानिसलाई यो रोगले गाँज्ने अनुमान गरिएको छ ।

तनाव र विभिन्न समस्याका कारण महिलाहरूमा अल्जाइमर रोगको जोखिम बबढेको छ । अन्तराष्ट्रिय पत्रिका ‘गैरियाटिक साइके्रटिमा’ प्रकाशित एक रिर्पोटअनुसार तनावबाट जन्मिने हार्मोन महिला र पुरुषमा अलगअलग किसिमले उत्पन्न हुने गर्दछ । पुरुषको तुलनामा महिलामा अल्जाइमर रोग अत्यधिक रुपमा बढ्ने गर्छ ।

अल्जाइमर रोग विश्वभर फैलिएको छ । विश्वका झण्डै ४ करोड ७० लाख मानिस अहिले डिमेन्सिया अर्थात् भुल्ने कारण हुने पागलपनबाट प्रभावित छन् । यो रोगले प्रत्येक ६८ सेकेन्डमा आफ्नो प्रभाव देखाउने चिकित्सकहरु बताउँछन् ।

अल्जाइमर्स एशोसियसनका अनुसार ६० वर्षभन्दा वढी उमेरका महिलाहरू अल्जाइमर पीडित हुन्छन् । वर्तमान अवस्थामा यो रोगको उपचार र अल्जाइमर गम्भीर हुनबाट रोक्ने ओषधि बनेको छैन ।

अमेरिकाका जोन होकिन्स युनिर्भसिटीका प्रोफेसर सिसन्थया मुनरोका अनुसार हामी मानिस समस्या र तनावबाट मुक्त हुन सक्दैनौँ

कारण

-उमेर 

सामान्यतया ६५ वर्ष उमेरपछि यो रोग लाग्छ। ६५ वर्षपछि प्रत्येक पाँच वर्षमा यस रोगको प्रभाव दुई गुणा बढ्दै जान्छ।
-लिङ

यो रोग पुरुष र महिला दुवैलाई लाग्छ। तथापि, बढी संवेदनशील स्वभाव र आयु लामो हुने भएकाले महिलामा बढी पाइन्छ।

-वंशाणुगत

आफ्नो अग्रज वंशमा यो रोग भएमा अनुज वंशमा रोग लाग्ने सम्भावना दुई-तीन गुणा बढी हुन्छ।

-गम्भीर रूपमा टाउकोमा चोटपटक लागेको व्यक्तिमा।
-उच्च रक्तचाप तथा उच्च कोलेस्टेरोलका कारण मस्तिष्कामा रक्तसञ्चरण प्रभावित तथा अवरुद्ध भएमा।
-डीप्रेसन तथा चिन्तालगायतका मानसिक समस्या भएका बिरामी र अधिक मोटोपना भएकालाई।
-डिमान्सिया, डाउन सिन्ड्रोम, सुस्त मनस्थिति भएका बिरामीहरूलाई।
-मानसिक निस्क्रियता भएका व्यक्तिहरूलाई।
-कोही भाइरस, विषाक्त पदार्थ, धातु, विद्युत्, चुम्बकीय प्रभाव, धुम्रपान, अत्यधिक मद्यपान, कुपोषण आदिलाई पनि कारक तत्त्व मानिएको छ।

अल्जाइमरको लक्षणहरु-

पहिलो चरणको अवस्था

  • तत्कालीन घटना एवं कुराकानी बिर्सने।
  • सामान हराइरहनु, आफैँ हराइरहनु।
  • एकाग्रतामा कमी हुनु।
  • जटिल शब्द तथा वाक्यहरू सम्झिन नसक्नु।
  • जोडघटाउलगायत गणितमा अलमलिनु, हरहिसाब अस्तव्यस्त हुनु।
  • हिडाइ असामान्य देखिनु।
  • एउटै कुरा बारम्बार दोहोर्‍याइरहनु।
  • डिप्रेसन हुनु।
  • दिनचर्या अस्तव्यस्त हुनु।
  • भाषिक समस्या हुनु। जस्तै९ प्रचलित वस्तुको नाम भन्न नसक्नु।
  • एक ठाउँमा राख्नुपर्ने सामान अर्कै ठाउँमा राख्नु।
  • चिनेको बाटो बिर्सनु।
  • वक्तित्व निर्माण तथा सामाजिक कामबाट अलग हुनु।
  • पहिलेका रुचि एवं मनोरञ्जनका विषयमा अरूचि हुनु।
  • सोचविचार एवं समीक्षा गर्न नसक्नु।

दोस्रो चरणको अवस्था
आफ्नो विगतका क्षणहरू बिर्सनु ।
आफ्नो पहिचान बिर्सनु ।
निन्द्रामा समस्या पर्नु, निन्द्रामा हिँड्नु ।
पढ्न र लेख्न असजिलो हुनु ।
राम्रो, नराम्रो वा खतरापूर्ण वस्तु पहिचान गर्न नसक्नु ।
निर्णय क्षमता ह्रास हुनु ।
अप्रासंगिक कुराहरू गर्नु, उच्चारण गलत गर्नु, अस्पष्ट वाक्य बोल्नु, बेसुराका कुरा गर्नु।
समाजबाट एक्लिनु।

तेस्रो चरण अथवा गम्भीर अवस्था

समवेदना हराउने, कुरा नबुझ्ने।
अडिन नसक्ने, लड्ने।
आफन्त, साथी एवं परविारका सदस्यहरूलाई नचिन्ने।
खाने, लगाउने, नुहाउने, बस्नेजस्ता सामान्य काम पनि गर्न नसक्ने।
खानेकुरा चपाउन तथा निल्न नसक्ने।
ओछ्यानमा थला पर्ने, दिसारपिसाबको नियन्त्रण हराउने, अरूको बोली नबुझ्ने, बोल्न नसक्ने।
चेतना हराउने।

रोकथाम

रोग लाग्न नदिनु

वयस्क उमेरमा उच्चरक्त चाप हुन नदिने

दुर्घटनाबाट जोगिने

धुमपान र मद्यपान नगर्ने

नियमित स्वास्थ्य परीक्षण गर्ने

अल्जाइमर रोगको पूर्ण उपचार भने हुँदैनन् । हालसम्म उपलब्ध औषधिबाट भइरहेको अवस्थाबाट बढ्न नदिन भने सकिन्छ । अल्जाइमर भइसकेकाहरुलाई पूर्ण निको पार्ने औषधि भने उपलब्ध छैन ।

तर, चरण पार गर्न भने दिइन्नँ । हालसम्म उपलब्ध औषधिबाट एउटा अवस्थाबाट अर्को अवस्थामा जान नदिने र बल्झन नदिने मात्रै हो । यसको औषधिको अध्ययन अनुसन्धानकै चरणमा रहेको छ । श्रोत : स्वास्थ्य पत्रिका

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 325

प्रतिक्रिया (०)