‘झुपडीको कथा’
सुनसान त्यो झुपडीमा दुई सजिब बाचेको छ ।
उज्यालोलाई लखेटेर त्यै अँध्यारो हासेको छ ।।
गाँउले भन्थे उनिहरुका दुई छोरा सहर पसेका छन् रे,
आसान महल बनाइ सुख सयलमा बसेका छ्न् रे,
एकपछि अर्को गर्दै टाढिदै गए रे।२।
झुपडीको उज्यालो महलहरुमा बाँढिदै गयो रे।।
टाढिएको साहारा अनि बढीरहेको बुढ्यौली,
सुनसान भित्ता अनि डरलाग्दो अधेरी ।२।
हरेक साँझ त्यो घरमा लक्ष्मी रुन्छिन रे!
रोग र मनको पिढा दबाउन नसकी आसुले नै सिरानि धुन्छिन रे !
परिवारको नाममा श्रीमति र छोराछोरी मात्र गन्नेले,
दंशैमा टिका थाप्ने बेला मात्र गाउँ भन्नेले,
धिप्प धिप्प गरि निभ्नै लागेको त्यो दियोको कथा के सुन्थियो र खै ?
छोरो पाउँदा हर्षले आगनमा उफ्रेर नाचेका बाबुको मन के खुसी हुन्थ्यो र खै ?
छोराको स्कुल,ट्युसन र कलेज फि भन्दै रितिएका बाबाका जवानीका कथाहरु..
सन्तान सुख भन्दै सिद्दिएका आमाका सौन्दर्यका कथाहरु…
सुन्दै कहाली लाग्दा छ्न् मेरा यी झुपडीका कथाहरु…
नेहारिका बिष्ट (हल्दिबारी, झापा)