Aamsanchar

ढुंगाले लागेर आमाछोरीको मृत्यु

Author Image
बुधवार, असोज ६, २०७८

बुटवल – भीरबाट खसेको ढुंगाले लागेर रोल्पामा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–९ बस्ने २५ वर्षकी संगीता पुन र उनकी २ वर्षकी छोरी कृतिका पुनको ढुंगाले लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी नरेशराज सुवेदीका अनुसार सोही ठाउँको हाङ्वाङ भीरबाट खसेको ढुंगाले लागेर आमाछोरीको मृत्यु भएको हो । रोल्पामै भीरबाट लड्दा रोल्पा नगरपालिका–३ खुमेलका ४२ वर्षका तीर्थलाल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर