Aamsanchar

डा.खड्काद्वारा परराष्ट्र मन्त्रीको शपथ ग्रहण

Author Image
बुधवार, असोज ६, २०७८

काठमाण्डाै – कांग्रेस नेता डा. नारायण खड्काले परराष्ट्र मन्त्रीकाे शपथ ग्रहण गर्नुभएकाे छ । नवनियुक्त परराष्ट्र मन्त्री खड्कालाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज बुधवार शीतल निवासमा पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराउनुभएकाे हाे । 

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, मन्त्री गण, संवैधानिक निकायका उच्च पदाधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो । मन्त्री खड्कालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आजै परराष्ट्रमन्त्रीमा नियुक्त गर्नुभएको हो । 

खड्काले कांग्रेसमा परराष्ट्र विभाग हेर्दै आउनु भएको थियो । खड्काले अर्थशास्त्रमा पीएचडी गर्नु भएको छ । उहाँ सकभर आजै बेलुका संयुक्त राष्ट्रसंघीय महासभामा नेपाली प्रतिनिधित्व मण्डलको नेतृत्व गर्दै अमेरिका जाने तयारी छ । आज नभ्याए भोलि बिहान खड्कासहितको टोली अमेरिका जाने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री खड्काले आजै मन्त्रालयमा गएर पदभार सम्हाल्ने मन्त्रालयले जनाएकाे छ । 

Views: 304

प्रतिक्रिया (०)

सम्बन्धित खबर