Aamsanchar

भारतबाट लागुऔषध लिएर आउँदै गर्दा एक जना पक्राउ

Author Image
बिहिवार, असोज ७, २०७८

विराटनगर – भारतबाट लागुऔषध लिएर आउँदै गर्दा बुधबारसाँझ एक युवा पक्राउ परेका छन्। सुनसरीको इटहरी उपमहानगरपालिका–१३ का २३ वर्षीय सुशील श्रेष्ठलाई लागुऔषधसहित पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए। उनका अनुसार भारतको जोगवनी बजारबाट लागुऔषध लिएर आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१६ दरैयाबाट श्रेष्ठलाई पक्राउ गरिएको हो।

उनको साथबाट लुपिजेसिक, डाइजेल्याब, एभिल र फेनारगन १०र१० गरेर ४० एम्पुल लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका श्रेष्ठविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाइने छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर