Aamsanchar

बलात्कारको मुद्दामा ९ वर्ष कैद सजाय तोकिएका फरार अभियुक्त १० वर्षपछि पक्राउ

Author Image
बिहिवार, असोज ७, २०७८

काठमाडौं – १५ वर्षीय बालिकामाथि बलात्कारको मुद्दामा ९ वर्ष कैद सजाय तोकिएका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोक घर भइ भक्तपुरको सल्लाघारी बस्ने ३८ वर्षीय च्याङ्बा भन्ने सागर तामाङ्गलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो।

ब्यूरोका अनुसार २०६८ कात्तिक २० गते उनले १५ वर्षीया बालिकालाई काठमाडौंमा राम्रो काम लगाइदिने जस्ता विभिन्न प्रलोभनमा पारेर फकाएका थिए। फकाएपछि बालिकालाई दोलालघाटबाट सँगै काठमाडौंमा ल्याएर कोटेश्वरको शुभलक्ष्मी गेष्ट हाउसमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ। बलात्कारपछि उनी फरार भएका थिए। सो मुद्दामा जिल्ला अदालत काठमाडौंले तामाङ्गलाई २०७१ बैशाख ५ गते ९ वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना तोकेको थियो। अदालतले सो रकम क्षतिपूर्तिस्वरूप पीडितलाई दिन भनेको थियो।

ब्यूरोबाट खटिएको टोलीले भक्तपुरको सल्लाघारीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं अदालतमा पठाएको जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर