

काठमाण्डौ- सुनको भाउ आज पनि घटेको छ । हिजो तोलामा ५ सय रुपैयाँले घटेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले घटेको हो । सुनको भाउ आज तोलामा ८९ हजार रुपैयाँ तोकिएको छ । हिजो ८९ हजार ६ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर ११ सय ६० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
Views: 397

