Aamsanchar

अरिङ्गालले टोक्दा एक जनाको मृत्यु

Author Image
शनिवार, असोज ९, २०७८

दैलेखको ठाँटीकाँध​मा अरिङ्गालको टोकाइबाट एक जनाको मुत्यु भएको छ । ठाँटीकाँध ५ बुढागाउँका ४८ वर्षीय देवबहादुर शाहीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको स्थानीय सूर्य बहादुर शाहीले जानकारी दिए ।

बिहीबार स्कुलमा छोराको सर्टिफिकेट लिन जाने क्रममा कालो अरिङ्गालले टोक्दा देवबहादुर घाइते भएका थिए । समाजसेवी समेत रहेका शाहीले स्कुल जाने बाटोमा अरिङ्गालको गोलो देखेपछि धपाउने प्रयास गरेका थिए । सोही क्रममा गम्भीर घाइते भएका शाहीलाई क्षेत्रीय अस्पताल सुर्खेतमा आइसीयुमा राखेर उपचार गरिएको थियो । उपचारकै क्रममा शुक्रबार राति ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दैलेखले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर