Aamsanchar

काठमाडौंको ढलमा खसेर बेपत्ता भएका बालकको शव ललितपुरमा फेला

Author Image
आइतवार, असोज १०, २०७८

काठमाडौं – काठमाडौं कपनको मिलनचोकबाट ढलमा खसेर बेपत्ता भएका बालकको शव भेटिएको छ। ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा पर्ने बागमती गाउँपालिका–१, घुसेलमा शनिबार राति शव भेटिएको ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यले जानकारी दिइन्।

बालकको शव पोष्टमार्टमका लागि पाटन अस्पताल पठाइएको बज्राचार्यले बताइन्। गत मंगलबार काठमाडौंको कपनमा ढलमा खसेर १० वर्षका बालक उज्ज्वल विश्वकर्मा बेपत्ता भएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 394

प्रतिक्रिया (०)

सम्बन्धित खबर