Aamsanchar

कनकाई नगरपालिकाद्वारा हिमालीका विद्यार्थीहरुलाई पोषाक वितरण

Author Image
आइतवार, असोज १०, २०७८

लक्ष्मीपुर । झापाको कनकाई नगरपालिका वडा नम्बर ८, लक्ष्मीपुरमा रहेको हिमाली माध्यमिक विद्यालयका अध्ययनरत २३७ जना छात्रछात्राहरुलाई कनकाई नगरपालिकाले निशुल्क सदनगत पोषाक वितरण गरेको छ ।

आईतबार विद्यालय प्राङ्गढमा आयोजित एक कार्यक्रमका बिच कक्षा ५ सम्मका सबै विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले पोषाक वितरण गरेका हुन् ।

‘सरकारले लागु गरेको अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा कार्यक्रम अन्तरगत स्थानिय सरकारले शिक्षा क्षेत्रलाई हेर्दै आएको छ । कनकाई नगरपालिकाले नगर भित्रका सबै विद्यालयलाई स्मार्ट बनाउने योजना अघि सारेको छ, जस अनुसार धेरै विद्यालयहरुमा महत्वपूर्ण शैक्षिक विकासको आवश्यक पूर्वाधारहरु निर्माण भईसकेको छ, क्रमस् प्रार्थमिकताको आधारमा विद्यालयहरुलाई सुविधा युक्त स्मार्ट बनाउन सुरु भएपछि अभिभावकहरुको सामुदायिक विद्यालय प्रति आर्कशण बढेको छ । नगरपालिकाले नीजि विद्यालयहरु भन्दा राम्रो अंग्रेजी शिक्षा दिनको लागि शिक्षकहरुलाई तालिम दिएको छ । त्यसको साथ साथै सामाजिक, नैतिक शिक्षालाई पनि प्रार्थमिकतामा राखेको नगरप्रमुख पोखरेले बताए ।

प्रयोगशालाको उद्घाटन गर्दै नगर प्रमुख राजेन्द्रकुमार पोखरेल ।

झापामा नमुना विद्यालयको पहिचान बनाउन सफल हिमाली माध्यमिकमा निजी विद्यालय छोडेर पढन आउनेको संख्या हरेक बर्ष बढीरहेको विद्यालयका प्रधानाध्यापक केशवप्रसाद ओझाले बताए ।
पोषाक वितरण कार्यक्रम संगै विज्ञान प्रयोगशालाको पनि नगरप्रमुख पोखरेलले उद्घाटन गरेका छन् । विज्ञान प्रयोगशालको लागि कनकाइ नगरपालिका वाट ६ लाख ५० हजार र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको तर्फबाट ६ लाख ५० हजार रुपियाँको लगानीमा निमार्ण गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रबहादुर नेपालको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरप्रमुख पोखरेल सहित वडाध्यक्ष प्रेमबहादुर कटुवाल, वडा सदस्य सूर्यमान भारती, विद्यालय व्यवस्थापन समिति सदस्य ज्ञानबहादुर थापालगायत ५० भन्दा धेरै अभिभावकहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको संचालन प्रधानाध्याक केशवप्रसाद ओझाले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 401

प्रतिक्रिया (०)