Aamsanchar

मेचीनगर काँग्रेस सभापतिमा पनेरु निर्वाचित

Author Image
आइतवार, असोज १०, २०७८

मेचीनगर । झापा क्षेत्र नम्बर १ को मेचीनगरमा नेपाली काँग्रेस पार्टीको सभापति पदमा सुदय पनेरु निर्वाचित भएका छन् ।

सभापति पदमा पनेरु र नविन बराल उम्मेद्वार थिए । पनेरुले प्रतिष्पर्धी उम्मेद्वार नविन बरालभन्दा १५ मत बढी प्राप्त गरेर विजयी बनेका हुन् ।
कूल ४९९ मतमध्ये पनेरुले २४८ र बरालले २३३ मत पाएका छन् ।

मेचीनगरमा सभापति पदमा सहमति गराउन निकै प्रयास गरिएको भए तापनि अन्ततः मतदान नै भएको थियो ।

Views: 208

प्रतिक्रिया (०)