Aamsanchar

ढिस्को झर्दा लिखु जलविद्युतको सुरुङमा काम गरीरहेका १ मज्दुरको मृत्यु ,२ घाईते

Author Image
सोमवार, असोज ११, २०७८

सोलु- सोलु लिखुपिके ५ स्थित लिखु जलविद्युत आयोजनाको सुरुङमा काम गरी रहेका मजदुरको माथीबाट ढिस्को झर्दा एक जना मृत्यु र दुई जना घाईते भएका छन् । मृत्यु हुनेमा खोटाङ का २८ बर्षीय रामकृष्ण राई र घाईते हुनेहरुमा दोलखा जिरी २ का २१ बर्षीय जगत श्रेष्ठ र ओखलढुंगा मोलुङ ८ का २८ बर्षीय प्रविन्द्र राई रहेका छन् ।

आज बिहान ३ बजे सुरुङमा काम गरिरहेको अबस्थामा ढिस्को अन्दाजी ४०० मिटर तल खस्दा रामकृष्णको  घटनास्थलमानै मृत्यु भएको थियो भने जगत र प्रविन्द्र  सोही ढिस्कोले पुरिएर घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागी हेलिकप्टरबाट  केएमसी हस्पिटल काठमाण्डौ लगिएको छ । घटना स्थलमा प्रहरी चौकी किन्जा र प्रहरी चौकी चौलाखर्कबाट प्रहरी टोली खटि गई थप अनुन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

Views: 375

प्रतिक्रिया (०)