Aamsanchar

सरकारका पछिल्ला कदमका बारे ओलीले आज सम्पादकसँग छलफल गर्दै

Author Image
मङ्गलवार, असोज १२, २०७८

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सम्पादकसँग छलफल गर्दै छन्। अध्यक्ष ओलीले आज अपरान्ह सवा चार बजे अल्फा हाउसमा सम्पादकहरूसँग छलफल गर्न लागेको राष्ट्रिय सभा सदस्य तथा एमाले नेता खिमलाल भट्टराईले जानकारी दिए।

ओलीले सरकारका पछिल्ला कदम र मिडियाको भूमिकाबारेमा छलफल गर्न लागेको भट्टराईको भनाइ छ। एमालेले आफ्नो पार्टी फुटाउन सरकारले अध्यादेश ल्याएको र त्यसमा सभामुख अग्नी सापकोटाले पनि साथ दिएको आरोप लगाउँदै लगातार संसद अवरुद्ध गर्दै आएको छ।

गत भदौ १२ गते दल विभाजनको अध्यादेश ल्याएर एमाले र जनता समाजवादी टुक्राएर हिजो दल विभाजन दोस्रो संशोधन अध्यादेश राष्ट्रपति भण्डारीले खारेज गरेकी छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको ७८ दिन वितिसक्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन्। अध्यादेश सरकार विस्तारका लागि तगारो बनेको भन्दै सत्ता गठबन्धनका दलले मन्त्री नियुक्त हुनेको नाम नदिएका कारण मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको छ।

Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर