Aamsanchar

जिल्ला प्रशासन सर्लाहीले नेपाल–भारत नाका खुलाउने भयो

Author Image
मङ्गलवार, असोज १२, २०७८

प्रमुख जिल्ला अधिकारी रामकुमार महतो ।

सर्लाही । कोरोना महामारीका कराण ६ महिना देखि बन्द रहेको सर्लाहीका आठवटा नेपाल–भारत सीमानाका खोल्ने निर्णय गरेको छ।

जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले नेपाल सरकारले गरेको निर्णयानुसार जिल्लाका आठवटा नाकाबाट आवतजावत गर्न दिने निर्णय गरेको हो।

बैठकले सदरमुकाम मलंगवास्थित पर्सा गाउँपालिकास्थित संग्रामपुर र पर्सा नाका, मलंगवा नगरपालिकास्थित भाँडसर नाका, गोरखकाली नाका, ब्रह्मपुरी गाउँपालिकास्थित त्रिभुवननगर नाका, विष्णु गाउँपालिकास्थित बाराउद्योरण र फेन्हरा नाकाखुलाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए।

नेपालको तर्फबाट नाका खुलाउने निर्णय भएको र यसका लागि भारतीयतर्फ पनि समन्वय गर्न आफूले पहल गरेको प्रजिअ महतोले बताए।

नेपालको तर्फबाट मात्रै नाका खोलेर हुँदैन, भारततर्फबाट पनि खुला गरेपछि मात्रै सहज आवतजावत हुनसक्छ,’ प्रजिअ महतोले भने, ‘यसबारे सीतामढी जिल्लाका जिल्ला अधिकारीसँग सम्पर्क गर्ने प्रयास भइरहेको प्रजिअ महतोले बताए ।

प्रत्येक नाकामा स्थानीय तहले हेल्थ डेक्स स्थापना गर्ने र स्वास्थ्य कार्यालयमार्फत एन्टिजेन परीक्षण गर्ने निर्णय भएको महतोले बताए।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 284

प्रतिक्रिया (०)

सम्बन्धित खबर