Aamsanchar

ईपीएल क्रिकेटमा आज दुई खेल हुँदै

Author Image
बुधवार, असोज १३, २०७८

काठमाण्डौ – एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज दुई खेल हुँदैछन् । त्रिवि मैदानमा हुने पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रियट्स र पोखरा राइनोज तथा दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र विराटनगर वारियर्स खेल्न लागेका हुन् ।

ललितपुर र पोखराको खेल बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । ललितपुर उद्घाटन खेलमा काठमाण्डौ किङ्स इलाभेनसँग पराजित भएको थियो । त्यस्तै पोखराले पहिलो खेलमा भैरहवा ग्लाडीयटर्ससँग अंक बाँडेको थियो । त्यस्तै भैरहवा र विराटनगरबीचको खेल दिउँसो साढे १ बजे सुरु हुनेछ । पोखरा राइनोजसँग अंक बाँडेको भैरहवाको एक अंक छ । विराटनगर पहिलो खेलमा चितवन टाइगर्ससँग पराजित भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालले आज थाइल्याण्डसँग खेल्ने
आइतवार, कार्तिक २५, २०८१
नेपालले आज यूएई विरुद्ध खेल्ने
शनिवार, कार्तिक २४, २०८१