Aamsanchar

सुनको मूल्य आज

Author Image
बिहिवार, असोज १४, २०७८

काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ। छापावाल सुन बुधबार प्रतितोला रु ८८ हजार ९०० मा कारोबार भएको थियो। नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला रु ८८ हजार ७०० तोकिएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार २५० कायम गरिएको छ जुन बुधबार प्रतितोला रु ८८ हजार ४५० मा कारोबार भएको थियो।महासङ्घका अनुसार चाँदीको मूल्य बुधबारको तुलनामा आज प्रतितोला रु ३५ ले घटेको छ।

बुधबार प्रतितोला रु एक हजार १५५ मा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला रु एक हजार १२० तोकिएको छ। अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ। अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रतिऔँस एक हजार ७३२ दशमलव ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर