Aamsanchar

विश्व मुस्कान दिवस

Author Image
शुक्रवार, असोज १५, २०७८


तपाईं हामीमा के चाहिँ यस्तो चिज छ, जसले सजिलै अरुलाई आकर्षित गर्न सक्छ ? यो चिजले हाम्रो मनोभाव हाम्रो व्यक्तित्वलाई दर्शाउने गर्दछ । धेरै सोच्नै पर्दैन, यो चिज हाम्रो अनुहारमा झल्कने मुस्कान हो । कुनै पनि औपचारिकता र मजबुरीबाट मुक्त हाम्रो मीठो मुस्कान । मुस्कान हाम्रो मनबाट निस्किएको एउटा यस्तो भाव हो, जसले हाम्रो वरिपरिका मानिसलाई पनि खुशी तुल्याउँछ । सबैलाई आफूतिर आकर्षित गर्छ ।

एउटा ढंगको मुस्कान सबैका लागि महत्वपूर्ण भएकाले मुस्कानको महत्वलाई आत्ममनन् गर्न वर्ष अक्टोबर महिनाको पहिलो शुक्रवार विश्वभर मुस्कान दिवस मनाइन्छ ।

वर्चेस्टरका एक कलाकार हार्वे बलले सन् १९६३ मा अभिनयको क्रममा मुस्कानसहितको भाव अनुहारमा प्रस्तुत गरे । जसले मानिसहरूको ध्यान मुस्कानको महत्वतिर केन्द्रित हुन पुग्यो । त्यसपछि सन् १९९९ देखि यो दिवस औपचारिक ढङ्गमा मनाउने गरिन्छ । सन् २००१ मा हार्वे बलको निधन भयो । त्यतिबेला उनको सम्झनामा बनेको ‘विश्व हार्वे बल मुस्कान फाउण्डेसन’ले आजको दिनमा थुप्रै ठाउँमा मुस्कान दिवस विशेष कार्यक्रमहरू आयोजना गर्दै आएको छ । यस फाउण्डेसनको नारा छ, ‘संसारलाई मुस्कानले सुधार गर्नुहोस् ।’

सन् २०२१ को मुस्कान दिवसको नारा चाहिँ  ‘do an act of kindness, help one person smile’ छ । कोरोना भाइरसबाट आक्रान्त विश्व अब बल्लतल्ल सामान्य अवस्थामा फर्किरहेको छ । समाजमा मुस्कानको महत्व आफू हाँस्ने मात्र नभई अरुलाई पनि हसाउँने हिसाबले उल्लेख गरिएको छ ।

यतिखेरको प्रतिष्पर्धाको समयमा धेरै मानिसहरूले जीवनमा अघि बढ्न यो हदसम्म मेहेनत गर्ने गर्छन् कि उनीहरूले एउटा मीठो मुस्कान दिन समेत भुलिसकेका हुन्छन् । तर जीवनको एउटा महत्वपूर्ण कार्य भनेकै आफू मुस्कुराउनु र अरुलाई मुस्कुराउन सिकाउनु हो । अनि मुस्कुराउन प्रोत्साहन गर्नु हो । हँसमुख मानिसहरू सजिलै सबैको मनमा बस्ने गर्छन् ।

सबैलाई विश्व मुस्कान दिवासको शुभकामना । सँधै मुस्कुराएर जीवन जिउनुहोस्, खुसी हुनुहोस् !

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 553

प्रतिक्रिया (०)

सम्बन्धित खबर
जाइफल कसले खान हुँदैन ?
मङ्गलवार, साउन २२, २०८१
तौल घटाउन के खाने ?
शनिवार, असार १५, २०८१