Aamsanchar

धुलावारी बजारमा म्याद गुज्रिएका खाद्य वस्तु खुल्लमखुल्ला विक्री

Author Image
शनिवार, असोज १६, २०७८

प्रतिकात्मक फायल फोटो गुगलबाट ।

मेचीनगर । झापाको धुलावारी बजारमा उपभोग्य मिति सकिएका खाद्य सामाग्री व्यवसायीले खुल्लाम खुल्ला विक्री वितरण गरीरहेको अनुगमन टोली फेला पारेको छ । विहीबारबाट शुरु भएको चाडपर्व लक्षित बजार अनुगमनका क्रममा टोलीले शुक्रबार मेचीनगरको मुख्यः व्यपारिक केन्द्र धुलवारीका विभिन्न खाले आधादर्जन पसलबाट लाखौं रुपैयाँका खाद्य सामग्री जफत गरी नष्ट गरेको छ ।

मेचीनगर नगरपालिकाको अनुगमन टोलीले स्थानीय प्रशासन र उपभोक्ता अधिकारकर्मी, सञ्चारकर्मीसहितको टोलीले अनुगमन गर्दा म्याद गुज्रिएका पेयपदार्थदेखि अन्य खाद्य सामाग्री पसलमा विक्री वितरणका लागि राखेको नगरपालिकाका खाद्य अधिकृत दीपेन्द्र कार्कीले जानकारी दिनुभयो ।

स्थानीय कृष्ण सजिलो किनमेल पसलमा विक्रीका लागि राखिएको म्याद गुज्रिएका करीव २० हजार रुपैयाँ मुल्य बराबरको पेयपदार्थ मिरिण्डा, पेप्सी ,माउण्टेन डियू , वियर तथा डेरी मिल्क जफत गरेको कार्कीको भनाई छ । उक्त पेय पदार्थ प्वाल पारेर ष्ट गरिएको टोलीमा संलग्न सञ्चारकर्मी डम्मर वरालले जानकारी दिनुभयो ।

त्यसैगरी अनुगमन टोलीले पौडेल किरान पसलबाट म्याद गुज्रीएका २१ पोका खाने तेल, ६ पाकेट हल्दिराम मटर फेला पारेको थियो । कट्टेल किराना पसलबाट बच्चाहरुले खाने कुरमुरे फेला पारेको छ ।

देवेन्द्र किरान पसलबाट ८ वटा किक्कर चकलेट , शान्ति स्टोरबाट दुई पाकेट न्यूटला र दुई पाकेट हजमोला फेला परे पछि सवै टोलीले नियन्त्रणमा लिइएको थियो । टोलीमा मेचीनगर नगरपालिका खाद्य अधिकृत दीपेन्द्र कार्की, इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक विकास राई, उपभोक्ता मञ्च नेपाल झापा सचिव सन्तोष न्यौपाने , मेचीउद्योग बाणिज्य संघकी प्रतिनिधि झूनादेवि बानियाँ, नगर प्रहरी, नेपाल प्रहरीलगायतको सहभागिता थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 290

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ आज
बिहिवार, मंसिर १३, २०८१
सुन-चाँदीको मूल्य
बुधवार, मंसिर १२, २०८१