Aamsanchar

एमालेको नयाँ लोगो र एप सार्वजनिक

Author Image
आइतवार, असोज १७, २०७८

काठमाडौं-नेकपा एमालेले पार्टीको नयाँ लोगो र एप सार्वजनिक गरेको छ । ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले लोगो र एप सार्वजनिक गरेका हुन् ।

एमालेको नयाँ लोगोको बीचमा सूर्य चिन्हको बीचमा हँसिया हथौडा छ । यसअघि सूर्य चिन्हको बीचमा सीपीएन यूएमएल लेखेर हँसिया हथौडा राखिएको थियो । एपले सबै कार्यकर्तालाई एउटै सञ्जालमा जोड्न मद्दत गर्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार नयाँ सदस्यता एपमार्फत लिन सकिन्छ भने पार्टीले तोकेको शुल्क तिरेर सदस्यता नवीकरण गर्न सकिनेछ ।

उनका अनुसार पार्टीको निर्णय र अपानिहरु एपमार्फत सबै कार्यकर्तालाई एकसाथ दिइनेछ भने एपमा पार्टीका सबै कमिटी, जनवर्गीय संगठनको प्रोफाइल हुनेछ ।

Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर