Aamsanchar

झापा : घिरौला टिप्न रुखमा चढेका १ जनाको लडेर मृत्यु

Author Image
सोमवार, असोज १८, २०७८

झापा- झापा कनकाई नगरपालिका २ सुकेडाँगी का ४२ बर्षीय राज बहादुर राईको रुखबाट लडेर मृत्यु भएको छ ।
हिजो दिनको साढे २ बजे घिरौला टिप्न रुखचढेका राईको रुखबाट लडेर गम्भिर घाईते भएका थिए । घाईते राईको उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार गराई थप उपचारको लागी नोवेल अस्पताल विराटनगर तर्फ लैजाने क्रममा बेलुका साढे ६ बजे बाटैमा मृत्यु भएको थियो । घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएर थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

Views: 343

प्रतिक्रिया (०)