Aamsanchar

चेम्बर अफ कमर्स झापाद्वारा पहाडी क्षेत्रका संस्थाहरुलाई मास्क विरतण

Author Image
सोमवार, असोज १८, २०७८


बिर्तामोड । चेम्बर अफ कमर्स झापाले पहाडी क्षेत्रका विभिन्न संस्थाहरुलाई मास्क तथा सेनिटाईजर विरतण गरेको छ ।

चेम्बर अफ कमर्सले आठराई संग्रान्ती बजारमा रहेको इलाका स्वास्थ्य चौकी, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी वेस क्याम्प र तेह्रथुम बहुमुखी क्याम्सलाई मास्क सेनिटाईजर विरतण गरेको चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण विमलीले जानकारी दिए ।

कोभिड नियन्त्रणको लागि सामाजिक उत्तरदायित्व अन्तरगत निरन्तर रुपमा स्वास्थ्य सामाग्री वितरण गर्दै आएको चेम्बर अफ कमर्स झापाले यस पटक ५ हजार थान मास्क वितरण गरेको अध्यक्ष बिमलीले बताए ।

व्यवसायीहरुको छाता संगठनको रुपमा स्थापित चेम्बर अफकमर्स झापाले प्राकृतिक दैविकप्रकोप पिडितहरुलाई पनि सहयोग गर्दै आएको छ ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 403

प्रतिक्रिया (०)