

विराटनगर। झापा कनकाई नगरपालिका ४ त्रिवेणीटोल स्थित दुर्गा नेपालको २ तले निर्माणधिन घरमा पलम्बरको काम गर्ने मजदुरको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका ३ का ६५ बर्षीय रुद्र अधिकारी रहेका छन् ।

आज बिहान साढे ११ बजे काम गर्ने क्रममा २ तलाबाट खस्दा गम्भिर घाईते भएका अधिकारीको उपचारको लागी बिएण्डसी अस्पताल बिर्तामोडमा पुर्याउन साथ मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।

Views: 103

