

झापा । झापा कनकाई नगरपालिका २ सुकेडाँगी का ४२ बर्षीय राज बहादुर राईको रुखबाट लडेर मृत्यु भएको छ । हिजो दिनको साढे २ बजे घिरौला टिप्न रुखचढेका राईको रुखबाट लडेर गम्भिर घाईते भएका थिए । घाईते राईको उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार गराई थप उपचारको लागी नोवेल अस्पताल विराटनगर तर्फ ल्याउने क्रममा बेलुका साढे ६ बजे बाटैमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
Views: 375

