Aamsanchar

प्रतिनिधिसभाको बैठक बस्दै

Author Image
मङ्गलवार, असोज १९, २०७८

काठमाडौं- प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो । आजकाे बैठकमा संवैधानिक आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन २०७६/७७ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नियमित रुपमा संसदमा नाराबाजी गर्दै आए पनि सभामुख अग्निप्रसाद सापकोटाले संसदको कामकारबाही सञ्चालन गर्दै आउनुभएको छ ।

आज पनि सदनमा एमालेले नारावाजी गर्ने संभावना छ भने सभामुखले संसदको कारवाही अगाडि बढाउनुहुनेछ । आफुले कारबाही गरेका १४ सांसद् पदमुक्त गरेको सूचना सभामुखले नटासेसम्म संसद्को अवरोध जारी राख्ने एमालेले बताउँदै आएको छ । उसले १४ सांसद् पदमुक्त गरेको सूचना टाँस गर्न नसके सभामुखलाई राजीनामा दिन आग्रह गर्दै आएको छ ।

Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर