Aamsanchar

वीरताले मातृत्व प्रदान गरेको बुधबारेको उत्कृष्ट कामले जेसीज अभियानलाई सार्थक बनाउदै

Author Image
बुधवार, असोज २०, २०७८

अन्तर्राष्ट्रिय संस्था जेसीज तालिमका माध्यमबाट युवालाई निखार्दै नेतृत्व क्षमताको विकास गरि समाजलाई योगदान दिन सक्ने नागरिक निर्माण गरेर समाजलाई हस्तान्तरण गर्ने लोकप्रिय संस्था हो ।

जेसीजमा लागेका सबै युवा सक्षम नै हुन्छन् भन्ने पनि होइन तर जो युवा साच्चै केही गर्ने अठोटका साथ जेसीजमा प्रवेश गरेका हुन्छन् तिनीहरु सफल भएरै छाड्छन् ।

जेसीज अभियानमा लागेर आफ्नो नेतृत्व क्षमताका कारण सफल भएका जेसीहरुमा झापामा रहेको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेको नाम छुटाउन मिल्दैन । उनको कार्यकाल नसकिँदै बुधबारे जेसीजले ठूलो उपलब्धि हासिल गरिसकेको छ ।

सन् २०१२ मा वीरता जेसीजको मातृत्वमा स्थापना भएको बुधबारे जेसीज बर्ष २०२१ का अध्यक्ष अनिल वाग्ले आफ्नो नेतृत्व क्षमता र एक पछि अर्को प्रभावकारी कार्यक्रम र रणनितिका कारण उत्कृष्ट बन्दै गएका छन् ।

बुधबारे जेसीजको २०२१ को नेतृत्व सम्हालेसँगै अध्यक्ष वाग्लेले धैरै महत्त्वपूर्ण सफलता हात पारेको चर्चा छ । कार्यकालको ९ महिनाको अवधिमा बुधबारे जेसीजले ७३ वटा कार्यक्रम सम्पन्न गरिसकेको छ ।

यसै बर्ष बुधबारे जेसीजको भवन निर्माण शुरू भएको छ । भवन निर्माणका लागि कोरोना महामारीका बिच १८ लाखको प्रतिबद्धता जुटेर भवन धमाधम निर्माण भईरहेको छ ।

रू ७ लाख ३० हजार बराबरको लागतमा ७३ वटा कार्यक्रम सम्पन्न भईसक्दा बुधबारे जेसीज नेपाल जेसीजबाट पटकपटक पुरस्कृत भईसकेको छ । कोरोना महामारीमा बुधबारे जेसीजले यससँग सम्बन्धित ९ बटा कार्यक्रम सम्पन्न गरेको छ । जेसीजको ४ क्षेत्र ब्यतिगत, ब्यवसाय, सामुदायिक र अन्तर्राष्ट्रिय सबै क्षेत्रलाई समेटेर गतिविधि अघि बढिरहेको छ ।

सालिन, सबैसँग मिल्नसक्ने स्वाभाव भएका वाग्ले आफ्न्नो कार्यकाल जारी रहँदा सबैका पृय पनि बनेका छन् । नेतृत्व पाएको खण्डमा भिजनसहित सफल ढंगले जिम्मेवारी पूरा गर्न सक्ने छवि प्रमाणित गरिसकेका छन् ।

ञसबैको साथले सोचेको काम अघि बढेको होझ उनी भन्छन् ञस्थानीय निकायले गरेको सहयोग, संघसंस्थाले गरेको माया, संस्थापक सहित पूर्व अध्यक्षहरुको हौसला, बोर्ड पदाधिकारीको दरिलो साथ र शुभचिन्तकको होस्टेमा हैँसेले सबैभन्दा बढी खुसी मिलेको छ।

सहि समयमा सहि ब्यक्तिलाई जिम्मेवारी दिएर सफल कार्यक्रम गर्न सक्ने छवि बनाएका उनी पेशाले उद्योगी तथा संचारकर्मी हुन् । झापामा उनको सावुन(सर्फको उद्योग छ । डेढ दशकदेखि मिडियामा आवद्ध उनी पूर्वेली साप्ताहिकको सम्पादक हुन् । उनी आधा दर्जन मिडियामा आवद्ध छन् । उनी सहकारी अभियानमा पनि छन् । युवा उमेरमै सहकारीको क्षेत्रमा उनी अघि छन् । परोपकारी संस्था सहित १५ वटा संघसंस्थामा जोडिएका उनी कामलाई सबैभन्दा बढी महत्त्व दिन्छन् ।

उनले बुधबारे जेसीजको शाखा थिम ञनेतृत्व गर्न अगाडि बढ्नुहोस्झ राखेका छन् । यो थिमले युवामा नेतृत्व मोह जगाएको छ भने बुधबारे जेसीजका उनी सहित ४ जना विभिन्न संस्था तथा पार्टीमा चुनाव मार्फत निर्वाचित भएका छन् भने धेरै जेसी युवाहरूले विभिन्न संस्था तथा पार्टीमा महत्त्वपूर्ण जिम्मेवारी पाएका छन् ।

युवा समाजमा कनेक्ट हुनुपर्छ भन्ने सोच भएका अध्यक्ष वाग्लेले विभिन्न २४ बटा संस्थासँग सहकार्य गरेर कार्यक्रम गरेका छन् भने जेसीहरूलाई संस्थासँगको सहकार्यले सामाजिक तथा संस्थागत भावनाको विकास भएको छ । उनले यो कार्यलाई महत्वपूर्ण उपलब्धि ठानेको बताएका छन् ।

जेसीजमा अध्यक्ष हुन ठूलो रकम लगानी गर्नुपर्छ र अध्यक्षले नै सबै खर्च बेहोर्नु पर्छ भन्ने बुझाई धेरैतिर ब्याप्त हुँदा उनले ७३ बटै कार्यक्रम लागत साझेदारीमा सकाएर अर्को उदाहरण पेश गरेका छन् । जस्ले पैसाले होईन भिजन र अठोटले सफलता हात लाग्ने कुरा पुष्टि गराएका छन् । रू ७ लाख ३० हजार बराबरको लागतमा ७३ वटा कार्यक्रम सम्पन्न भईसक्दा लागत साझेदारीमा कार्यक्रम गरेका छन् ।

उनले पदभार ग्रहण गरिरहँदा एक बर्षको बार्षिक कार्ययोजना ६ महिनामा नै सकेर पुःन नयाँ कार्ययोजना अघि बढाइरहेका छन् । बुधबारे जेसीजको यो बर्ष ३ वटा प्रोजेक्ट पनि सँगै अघि बढिरहेको छ । छोटो समयमा यतीका धेरै कार्यक्रम सम्पन्न गर्न कसरी सम्भव भयो भन्ने आमसंचारको प्रश्नमा अध्यक्ष अनिल वाग्ले भन्छन् ‘एक पद्, एक व्यक्ति, एक कार्यकाल जेसीजको विधान कति महान छ, त्यही विधान मेरो लागि जोस, जागर, इच्छाशक्ति,अबसर बन्यो, संस्था र समाजको लागि केही दिने प्रयास गरे
समाजले मलाई मान, इज्जत, प्रतिष्ठा, भरोसा योग्य व्यीक्तको परिचय दिएको छ, मेरो लागि आज सम्मको ठुलो उपलब्धी हो ।’

Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर