Aamsanchar

३२ बर्ष देखि नेताहरुले हामिलाई ढाटे : दुर्गा प्रसाईं

Author Image
बुधवार, असोज २०, २०७८

बिर्तामोड । झापाको विर्तामोडमा बिएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईले शक्ति प्रर्दन भएको छ ।

स्वतन्त्र युवाहरुले आयोजना गरेको एक कार्यक्रममा प्रमुख वक्ताको रुपमा रहेका प्रसाईंको स्वगतमा हजारौं युवाहरुको उपस्थिती रहेको थियो । युवाहरुले कार्यक्रमको प्रारम्भ अघि प्रसाईंलाई मोटरसाईकल र्यालीले विर्तामोड परिक्रमा गराएका थिए । रोचक कुरा प्रमुख अतिथि प्रसाई भने पुरानो भई सकेको अटोरिक्सामा बसेर यात्रा गरेका थिए ।

विर्तामोडको सुगम पेट्रोल पंपबाट सुरु भएको र्याली बिर्तामोड मुक्तिचोक, शनिश्चरे रोड महानन्दचोकबाट घुमेर किरात चोक हुदै कार्यक्रम स्थलमा आएको थियो । कार्यक्रम स्थलमा सयौं युवाहरुले दुर्गा प्रसाईको जयजयकार गर्दै खादा, मालाको ओईरो लगाएर सभाहलमा भित्रयाएका थिए ।

निकै उत्साह उल्लासमय वातावरण देखिएको कार्यक्रममा प्रसाईले आफ्नो र वर्तमान राजनीतिको बारेमा बोलेका थिए । प्रसाईले युवाको चहाना बमोजिक अभिव्यक्तिहरु दिएका थिए । बोल्ने क्रममा युवाहरुले प्रसाईंको भनाईमाथी समर्थन जनाउदै गडगढावट तालिले हल गुन्जयमान भएको थियो ।

प्रसाईले आफू माओबादी जनयुद्धमा लागेको तर विस्तारै माओवादीलाई बुझदै जाँदा पार्टी काम नलाग्ने देखेर आफू एमाले नजिक भएको बताएका छन् । उनले २०४६ साल देखि ३२ बर्ष सम्म हामिलाई नेताहरुले ढाटे, ३० बर्षमा एक व्यक्तिले सिंगापुर बनाएर देखाए । हामि कहिले सम्म ठगिने ? गणतन्त्रले जनतालाई के दियो ? श्रममन्त्रालयको काम श्रमको सृजना गर्ने होईन ? तर श्रम बेच्ने काम मात्र गरिरहेको आरोप लगाएका थिए । प्रसाईले श्रमकै विषयमा यदी श्रम नै बेच्ने हो भने नेपालबाट डाक्टर नर्स, इन्जिनिय लगायतका जनशक्ति तयार परेर बेचियोस् । हरियो पासपोर्ट बोकेर कहिले सम्म अरु देशको लेवर, गुलामी नेपाली युवाहरुले गर्नु पर्ने ?  बरु राजा महेन्द्रको पालमा १० बर्ष धेरै विकासका काम भएको थियो । यतीखेर नेता केपी ओलीले केही गरेर देखाएका छन् भन्दै राजा महेन्द्र र ओली दुरगामी नेतृत्वकर्ता भएको ठहर गर्दै प्रशंषा गरेका थिए ।

नेताहरुले देशमा धेरै रोजगारी दिने उद्योगहरु बेचेर जनतालाई लाउँलाउँ खाउँखाउँ भन्ने उमेरका युवाहरु श्रीमती, श्रीमान छोडेर विदेशिनु परेको छ । देशका ठुला ५० वटा उद्योगहरु बन्द गराएर जनतालाई सधै वेरोजगार बनाउने काम भएको छ । नेताहरुले हाम्रो सम्पती बेचेर खाएका छन् । अब युवाहरुले खोजी र खबरदारी गर्नु पर्ने हुन्छ । नेताका परिवारका सदस्यलाई तक्मा दिएर गणतन्त्रलाई मजाक बनाईएको छ । तक्मा दिने नै हो भने गणतन्त्र ल्याउन शरिरमा गोली बोकेका, सहिदहरु र सहिदका परिवारलाई दिनु पर्ने होईन ? गणतन्त्रको नाममा नेपाली जनाताको मौलिक धर्म संस्कृति पनि खोसिएको छ । एक आपसमा मिलेर बनेको समुदायलाई जात र वर्गको नाममा विभेद गराईएको छ । अब सनातन हिन्दु राज्य सहितको संविधान निर्माण गर्नको लागि युवाशक्ति एकजुट हुनु पर्ने प्रसाईंले धारणा रोखका थिए ।

सत्य बोल्ने मान्छे एक्लो हुन्छ तर सत्यको जित भएरै छाड्छ भन्ने भनाई आजको यो भेलाले पुष्टि गरेको छ । मलाई हौशला मिलेको छ, मलाई अझै साथ दिदै जानुहोस् युवालाई विदेश जानु नपर्ने स्वदेशमै रोजगारी दिलाउने अभियनमा म लाग्ने छु भन्दा युवामैत्री नेता र प्रधानमन्त्री चाईएको छ । सिंहदरवारमा बस्ने प्रधानमन्त्रीले जनताको अपेक्षा पुरा गरेनन अब विकासमा जनतासंगै घुलमिलहुन सक्ने प्रधानमन्त्रीको आवश्य छ जस्ता प्रेरणदायी भनाईहरु राख्दै युवाहरुलाई सम्वोधन गरेका थिए ।

स्वतन्त्र युवा आयोजक भनिए पनि एमालेका नेता तथा कार्यकर्ताहरुको ठुलो उपस्थिती रहेको थियो ।

भिडियो पनि हेर्नुहोस् ।

 

Views: 625

प्रतिक्रिया (०)