Aamsanchar

दुईजना छोराको हत्यापछि आमाले गरिन् आत्महत्या

Author Image
शनिवार, असोज २३, २०७८

काठमाण्डाै – धनुषामा दुईजना छोराको हत्यापछि आमाले आत्महत्या गरेकी छन् । नगराइन नगरपालिका-४ की  २४ वर्षीया गुडियादेवी साहले हिजो बेलुका छोराहरू ५ वर्षीय अभिषेक र ३ वर्षीय आदित्यलाई डोरीले घाँटीमा कसेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार  दुवै छोराको हत्यापछि गुडियाले पनि घरमै आत्महत्या गर्नुभएकाे हाे । घटना भएको बेला गुडियाका श्रीमान गुरुदेव कामको सिलसिलामा बाहिर हुनुहुन्थ्यो सासु र ससुरा पनि घर बाहिर नै रहेका थिए । घरमा कोही नभएको बेला चर्को स्वरमा स्पिकर बजाएर गुडियाले छोराको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

१० वर्ष अगाडि  गुडिया र गुरुदेवले भागेर प्रेम  विवाह गर्नुभएको थियो । तर गुडियाका आमाबुवाले विवाह स्वीकार गरेका थिएनन् । घटनाको कारण खुलिनसकेको डीएसपी बस्नेतको भनाइ छ । तीनै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर