Aamsanchar

केही राम्रा व्यक्तिलाई सरकारमा समेट्न नसेकेकामा दु:ख लागेको छ -देउवा

Author Image
शनिवार, असोज २३, २०७८

काठमाण्डाै – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्दा केही महत्त्वपूर्ण नेताहरु छुटेको बताउनुभएको छ । बालुवाटारमा भएको विश्वेश्वरप्रसाद कोइराला : शताब्दी सन्दर्भ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले हिजो मन्त्रिपरिषद्लाई सङ्ख्यात्मक हिसाबले पूर्णता दिए पनि केही महत्त्वपूर्ण व्यक्ति छुटेको बताउनुभयो ।

केही राम्रा व्यक्तिलाई सरकारमा समेट्न नसेकेकामा दु:ख लागेको देउवाको भनाइ छ । ‘सरकारमा आउनै पर्ने व्यक्ति पनि गठबन्धनका कारण आउन पाउनुभएको छैन, मलाई राम्रोसँग थाहा छ ’ प्रधानमन्त्री देउवाले भन्नुभयो ।

देउवाले आफू प्रधानमन्त्री भएको ८८ दिनभित्र बल्ल हिजो मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । त्यसमाथि प्रधानन्यायाधीशका आफन्तलाई समेत भागबण्डामा मन्त्री बनाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर