Aamsanchar

मन्त्री नबनाएको भन्दै पुत्ला दहन

Author Image
शनिवार, असोज २३, २०७८

शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाएलगत्तै सत्तारुढ जनता समाजवादी पार्टी नेपालमा मन्त्री बन्न नपाउने नेताहरुमा असन्तुष्टि देखिएको छ । आफूलाई मन्त्री नबनाएको झोँकमा केही नेता कार्यकर्ताले वीरगञ्जमा जसपा अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएका छन् ।

प्रतिनिधिसभा सदस्य प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै पर्साको वीरगञ्जमा जसपाको झण्डा र अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाइएको छ । पर्साबाट मन्त्री नबनाएको भन्दै आक्रोशित युवाको एक समुहले जसपाको झण्डा जलाउनुका साथै र अध्यक्ष यादवको पुत्ला जलाएको हो ।

पर्साको निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको आक्रोशमा उनकै दल जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताको एक समूह विरोध प्रदर्शनमा उत्रिएको हो । यसक्रममा सांसद यादवका कार्यकर्ता र समर्थकहरुले जसपा पार्टी कार्यालयको साइनबोर्डसमेत झिकेर आगो लगाएका छन् ।

त्यस्तै, अर्का सांसद प्रमोद साहले आफूलाई धोका भएको भन्दै समाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् । अध्यक्ष उपेन्द्र यादवकै आफन्त अमरेन्द्र यादवले समेत सामाजिक सञ्जालमा रेणु यादव र महिन्द्र राय यादवलाई मन्त्री बनाएको भन्दै असन्तुष्टि पोखेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर