Aamsanchar

आफ्नै श्रीमतीलाई भरुवा बन्दुक ताकेर हत्या गर्छु भनेर धम्की दिने पक्राउ

Author Image
शनिवार, असोज २३, २०७८

भोजपुर- आफ्नै श्रीमतीलाई भरुवा बन्दुक ताकेर हत्या गर्छु भनेर धम्की दिने भोजपुर रामप्रसादराई गाऊँपालिका १ चामबोटे का ४६ बर्षीय सुजिल राई बन्दुकसहित पक्राउ परेका छन् । हिजो राती सँवा ८ बजे घरयासी बिबादको कारण आफ्नै श्रीमती ४५ बर्षीया जुना राईलाई कोदालोले दाहिने पट्टीको नाकको छेउमा प्रहार गर्दा गहिरो चोट लागेर घाईते बनाएर घरमा लुकाई छिपाई राखेको भरुवा बन्दुक निकालेर श्रीमतीलाई मार्छु भनी धाक धम्की दिएका थिए ।

घटनाको जानकारी पाए लगतै अस्थाई प्रहरी चौकी ओख्रेबाट प्रहरी टोली खटि गई घाईते जुनालाई उपचारको लागी स्थानिय मेडिकल ओख्रेमा पठाईएको थियो । घटनास्थलमा भरुवा बन्दुक फाली तत्कार फरार रहेका सुजिललाई प्रहरीले खोजतलास गरी पक्राउ गरि जिल्ला प्रहरी कार्यालय भोजपुर पठाईएको हो । घटनस्थलबाट भरुवा बन्दुक, कोदालो सहित बरामद गरेको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर