Aamsanchar

मध्ये भोटेकोशीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Author Image
सोमवार, असोज २५, २०७८

काठमाडौं – करिब ८ लाख १९ हजार आवेदकलाई १० कित्ता पर्ने मध्ये भोटेकोशी जलविद्युत कम्पनीको आईपीओका लागि आजसम्म आवेदन दिन सकिनेछ । २० असोजबाट सर्वसाधाराणका लागि खुला भएको आइपीओमा आजसम्म आवेदन दिन सकिनेछ । कम्पनीले कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशनमा ल्याए पनि ८१ लाख ९० हजार कित्ता शेयरका लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन् । जसमा ८ लाख १९ हजार भन्दा धेरै आवेदकले १० कित्ता शेयर प्राप्त गर्ने निश्चित छ । कुल निश्कासन मध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

कम्पनीको आईपीओमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि बढीमा १० हजार कित्तासम्मका लागि आईपीओ आवेदन गर्न सक्नेछन् । आईपीओमा सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका बिक्री शाखा कार्यालय वा मेरो शेयर मार्फत पनि आवेदन दिन सकिनेछ । सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकामा निर्माणधिन रन अफ रिभरमा आधारित आयोजनाबाट १०२ मेगाबाट बिजुली निकालिने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य बढ्यो
बिहिवार, मंसिर ६, २०८१
आज सुनको मूल्य
बुधवार, मंसिर ५, २०८१