Aamsanchar

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

Author Image
मङ्गलवार, असोज २६, २०७८

चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका निवासी ९ वर्षीया बालिकाको आज साँझ मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर–५ बाहुनभञ्ज्याङ निवासी स्वीकृति थापा मगर रहेकी छन् । छिमेकमा मासु लिन जाने क्रममा बालिकालाई चितुवाले आक्रमण गरेको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । बालिकाको शव घरभन्दा तल जङ्गलमा फेला परेको छ ।

लामो समयसम्म चितुवाको आक्रमण रोकिएको तनहुँमा फेरि चितुवाको आक्रमण भएपछि स्थानीयवासी त्रसित भएका छन् । तनहुँमा पछिल्लो समय बालबालिका चितुवाको निसानामा पर्ने गरेका छन् । विसं २०७४ फागुनयता चितुवाको आक्रमणबाट ११ बालबालिकाले ज्यान गुमाएका छन् ।

चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वन कुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवाले बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण गर्न थालेको डिभिजन वन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 295

प्रतिक्रिया (०)

सम्बन्धित खबर