प्रमुख अतिथि एवं अर्जुनधारा नगरप्रमुख हरिकुमार रानालाई मार्ट अवलोकन गराउदै संचालक गजेन्द्रबहादुर पौडेल । फोटो आमसंचार
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका स्थित पुरानो बजार शनिस्चरेमा नयाँ र आधुनिक शनिअर्जुन मार्ट संचालनमा आएको छ ।
शनिस्चरे–खुदुनाबारी मार्गको मध्य भाग एनआई बैंक अगाडी आजबाट संचालनमा आएको मार्ट शनिश्चरे बजारकै पहिलो र ठुलो मार्ट रहेको बताईएको छ ।
मार्टको उद्घाटन अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना र उपभोक्ताहरुले संयुक्त रुपमा रिवन काटेर गरेका थिए ।
‘शनिस्चरे, रातेखाल, जयपुर,कालिस्थान, खुदुनाबारी, साधुटार लगायतका क्षेत्रका उपभोक्ताहरुलाई लक्षित गरेर मार्ट संचालनमा ल्याईएको, भुईतल्लामा दैनिक घरायसी उपभोग्य बस्तु, खेलौना, सजावट, श्रृगार सामाग्री र माथील्लो तल्लामा रेडिमेट कपडा लगायतका समाग्रीहरु राखिएको छ । अन्यत्र खुद्रा पसलहरुमा भन्दा सस्तो र किफायती बस्तुहरु पाईने छ हामिले एकै ठाउँमा २ हजार भन्दा धेरै उपभोग्य बस्तु राखेका छौं’ यस मार्टबाट उपभोक्तहरुलाई अब निकै सजिलो हुने मार्टका मेनेजर निस्चल पौडेलले बताए ।
‘तिन करोडको लगानीमा सुरु भएको मार्ट आधुनिक विलिङ स्टिम, अन्तरष्ट्रिय स्तरको व्यवस्थापन रहेकोे, सुरुवातीमा ९ जना स्थानीयलाई रोजगारी दिन सकेको र सबै कर्मचारीहरुलाई सरकारले तोकेको मापदंंड अनुसार सेवा सुविधा उपलब्ध गराईने छौं’ ‘उपभोक्तालाई चार्ड विषेश सुविधा अन्र्तरगत १ हजार देखि ५ हजार सम्मको समान खरिद गर्नेलाई २ प्रतिशत र सो भन्दा माथीको सामान खरिद गर्नेलाई ५ प्रतिशत छुट दिने’ व्यवस्था मिलाईएको संचालक गजेन्द्रबहादुर पौडेलले बताए ।
पशुपती एशिया मल्टी ग्रुप प्रालिको भवनमा संचलन गरिएको मार्ट उद्घाटन कार्यक्रममा ग्रुपका प्रवन्धक निर्देशक इन्दिवर खड्का, शनिस्चरे उद्योग बाणिज्य संघका अध्यक्ष बसन्त सोमानी, शेखर ढकाल, विवेक प्रसाईं, जीवनकुमार रिजाल, कमल सिग्देल लगायतको उपस्थिती रहेको थियो ।